रसुवामा एक वर्षमा ३५ जनाले सम्बन्धविच्छेद गरे

रसुवा । रसुवामा विगतका वर्षको तुलनामा सम्बन्धविच्छेदको घटना बढ्न थालेको छ ।
गत आ.व. ०७८÷७९ मा रसुवा जिल्लामा सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ । सम्बन्धविच्छेदको मुद्दासमेत अदालतमा बढ्दै गएका छन् ।
विगतका आथिक वर्षहरुको तुलनामा जिल्ला अदालतमा दायर भएका देवानी तथा फौजदारीसमेत विभिन्न ६४ थान मुद्दामध्ये ५० पतिशतभन्दा बढी सम्बन्ध विच्छेदका रहेका छन् ।
आ.व. ०७७÷७८ मा २९ जनाले मात्रै सम्बन्धविच्छेद गरेका थिए भने आ.व. ०७८÷०७९ को तथ्याब्क हेर्दा यो सब्ख्या बढेर ३५ पुगेको छ ।
विगतको तुलनामा यस एक वर्षको अवधिमा २० दशमलव ६८ प्रतिशतले सम्बन्धविच्छेद गर्नेको सब्ख्या वृद्धि भएको रसुवा जिल्ला अदालतले सावजनिक गरेको तथ्याकले पुष्टि गरेको छ ।
जिल्ला अदालतमा जबरजस्तीकरणी, चारी, ठगी, ज्यान मार्ने उद्योग,सवारी ज्यान, अपहरण, जग्गा किचलाजस्ता विविध प्रकारका मुद्दा दायर भएका थिए ।
विगतको जिम्मवारी सरेका र गत वर्ष दायर भएकासमत ९९ मुद्दा विचाराधीन रहेकोमा ५९ ओटा मुद्धा फछौट भएको अस्पतालका श्रेष्तेदार मुना अधिकारीले बताइन् । यस्तै ४० ओटा मुद्धा फैसलाको प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया