पेट्रोलको मूल्य घटेर आउँदा नेपालमा किन घट्दैन ?

विदुर खबर २०७९ साउन १७ गते १८:०३

नुवाकोट । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेकोप्रति सत्तारुढ दलका सांसदले नै सरकारको आलोचना गरेका छन् ।

Advertisement

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भारतबाट पेट्रोलियम पदार्थको मूल्य २ पटक घटेर आउँदा पनि सरकारले नेपालमा किन मूल्य समायोजन नगरेको भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मोदीले तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन् । ‘भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर २ पल्ट मूल्यसूची पठाइसक्यो ।

Advertisement

तर नेपाल सरकारको पेट्रोलियम पदार्थको मूल्य घटाएर कुनै समायोजन गरेको छैन,’ उनले भने, ‘भारतले मूल्य बढायो भने सरकारले तुरुन्त बढाउँछ । तर घटेर आउँदा मूल्य नघटनाउने देशमा महंगी बढेको छ ।

यातायातदेखि हरेक क्षेत्रमा महँगी बढेको छ । यसमा सरकारको ध्यानाकर्षण होस् ।’

Advertisement

 

प्रतिक्रिया