चितवनमा माइक्रोवस दुर्घटना हुँदा नुवाकोटका ४ घाइते
विदुर खबर
२०७९ साउन १६ गते १९:२४
नुवाकोट । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा नुवाकोटका ४ जना घाइते भएका छन् ।
घाइते हुनेमा विदुर—६ का जीवन कुमाल, सनिसा अधिकारी, लिखु गाउँपालिका वडा नम्बर २ का सुवास नेपाल र ककनी गाउँपालिका वडा नम्बर ८ का उपेन्द्र भण्डारी रहेका छन् ।
उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा विभिन्न जिल्लाका १४ जना समेत घाइते भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया