संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैन : ओली
विदुर खबर
२०७९ साउन १४ गते २०:५२

नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन ।
शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै प्रतिवेदन मान्य नहुने बताएका हुन ।
‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?’ उनले भने , ‘यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’
सम्बन्धित
प्रतिक्रिया