गोसाईकुण्ड मेलाको तयारी शुरु

रसुवा । जनैपुर्णिमाको अवसरमा रसुवाको पवित्र तिर्थस्थल गोसाईकुण्डमा लाग्ने मेलाको तयारी शुरु भएको छ ।
नेपालकै प्रसिद्ध धार्मिक तिर्थस्थलको रुपमा रहेको गोसाईकुण्ड मेलालाई व्यवस्थिति बनाउनको लागि विभिन्न उपसमिति गठन गरिएको छ भने स्थानिय व्यवसायिहरुले पनि मेलाको लागि चाहिने आवश्यक सामाग्रीहरुको जोहो गर्न थालेका छन् ।
गोसाइकुण्ड क्षेत्र विकास समितिले यो वर्ष लाग्ने मेलालाई सहज र सुरक्षितरुपमा संचालन गर्न गत साता विभिन्न उप–समिति गठन गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवामा भएको बैठकले १४ ओटा विभिन्न उपसमिति गठन गरेको छ । सरोकारवालाहरुको भेलाले यात्रुको सहयोगार्थ यातायात, वसोवासका लागि होटल तथा लज र स्वास्थ्य एवं उद्धार व्यवस्थापन सहति १४ उपसमिति गठन गरेको हो ।
यो वर्ष साउन २७ गते जनैपूर्णिमा परेको छ । जनैपूर्णिमा साउन २७ गते भएपनि त्यसको एक साता अघिबाट नै भक्तजनहरुको आगमन हुने भएकोले तयारी थालिएको गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
यो वर्ष मेलामा १५ हजारभन्दा बढी भक्तजनहरु आउने अपेक्षा गरिएको समितिका अध्यक्ष संन्जीव विएमले जानकारी दिए ।
मेलामा ठ्लो संख्यामा भत्तजन आउने हुँदा होटल तथा लजलाई तयारी अवस्थामा रहन व्यवसायीहरुलाई आग्रह गरिएको छ ।
वर्षायाम भएकोले वेत्रावति, कालिकास्थान, धुन्चे,चन्दनवारी, र्लौरीवनायकको मार्ग प्रयोग गर्दा सुरक्षित हुने समितिले जनाएको छ ।
लेक लागेर यात्रुहरु विरामी परेमा रसुवामा कार्यरत सुरक्षा निकायले उद्धार गर्ने, यात्राको क्रममा हुन सक्ने विरामीहरुका लागि विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत राख्ने तयारी गरिएको छ ।
कोभिडको कारण दुई वर्षसम्म यात्रुको भिड हेर्न नपाएका स्थानिय व्यवसायीहरु भक्तजनको स्वागत गर्न आतुर देखिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया