सुन आज तोलामा ८ सय रुपैयाँले बढ्यो

विदुर खबर २०७९ साउन १३ गते १२:०६

नुवाकोट । शुक्रवार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।

Advertisement

बिहिबार तोलाको ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ६ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सयले नै बढेर तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

Advertisement

आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मुल्य ८१ हजार ९६० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८१ हजार ५३० रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिक्रिया