९१ हजार रुपैयाँसहत ११ जुवाडे पक्राउ

नुवाकोट । झण्डै ९१ हजार रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् । गोप्य सुचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ परेको हो ।
प्रहरीलेको टोलीले जयपृथ्वी नगरपालिका–९ सिमखेतबाट ९१ हजार ५७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपीं) ज्ञानबहादुर विष्टले स्थानीय विष्णु मण्डेलको घरमा जुवा खेलिरहेको अवस्थामा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–९ देवलका दिपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छविसपाथिभेरा गाउँपालिका–२ का विरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र घरधनी विष्णु मण्डेल रहेको विष्टले बताए ।
उनीहरु मध्ये अधिकांश सरकारी सेवाबाट अवकास पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसानहरु रहेको डीएसपी विष्टले जनाए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया