भारतको गुजरातमा कार र ट्रक ठोक्किँदा दशको मृत्यु
विदुर खबर
२०७५ भदौ १२ गते १:४२
नयाँ दिल्ली , भारतको गुजरातमा भएको दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । यात्रु सहितको कार र ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले सोमबार जनाएका छन् ।
राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सुरत जिल्लाको बालेश्वर गाउँमा दुर्घटना भएको जनाइएको छ ।
“विपरित दिशाबाट आइरहेका कार र ट्रक आइतबार राती एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो,” एक प्रहरी अधिकारीले भने । मृत्यु भएका मध्ये छ जनाको घटनास्थलमै र अरुको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया