पहिरोले घर एकैघरका तीन जनाको मृत्यु
विदुर खबर
२०७९ साउन ९ गते ८:४८

नुवाकोट । पहिरोले घर पुरिँदा अछाममा तीन जनाको मृत्यु भएको छ ।
तुर्माखाँद गाउँपालिका २ भुलुका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको हो । अमरका भाइ वीरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र वुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको हो ।
नैना विष्ट गम्भीर घाइते भएको घटनास्थलमा रहेका स्थानीय निरक शाहीले जानकारी दिए । अहिले स्थानिय जनप्रतिनिधि, प्रहरीको सक्रियतामा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया