राष्ट्रपति विद्यादेवि भण्डारी नुवाकोटमा
नुवाकोट । राष्ट्रपति विद्यादेवि भण्डारी नुवाकोट र रसुवाको संगमस्थल वेत्रावतीमा रहेको उत्तरगया धामको दर्शनको लागि आज नुवाकोट आइपुग्न भएको छ ।
चारमध्ये एक धामका रूपमा परिचित उत्तरगयाधाममा पुजा गर्नको लागि राष्ट्रपति भण्डारी नुवाकोट आउनुभएको हो । उत्तरगयाधामको दर्शन गरेपछि राष्ट्रपति भण्डारीले नेपाल चिनविच युद्धविराम भएको स्थलको समेत अवलोकन गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले उत्तरगया धामको प्रचारप्रसार गरे यसले आन्तरिक र शाह्य पर्यटकहरु समेत आर्कषित गराउने बताउनुभयो ।
वेत्रावतीलाई पवित्र उत्तरगया धामका रूपमा पुराणकालदेखि नै चिनिँदै आएको छ । तीन नदीको सङ्गमस्थल रहेको बेत्रावतिमा भैरवकुण्डबाट बग्ने रुद्रगंगा, गोसाईकुण्डबाट बग्ने त्रिशूली र महादेवले वेत्र अर्थात बेतको लट्ठीले कोपेर निकालिएको भनिएको वेत्रगंगा यही जोडिएको छ ।
विसं २०१९ मा दुई ठूला नदीको बाढीको चपेटामा परी पुरिएको वेत्रगंगालाई वि.सं २०४८ मा योगी नरहरिनाथले उत्खनन गराए पनि त्यसपछिको बाढीले अदृश्य गराएको र जमिन मुनिबाट मात्र त्यस स्थानमा जोडिएको छ । वेत्रगंगाको पानी केही फरक रङको र अन्य नदीको भन्दा तातो पनि रहको स्थानीय बताउँछन्। ।
उत्तरगया धत्राम अर्थात वेत्रावती क्षेत्रमा पुसमा पर्ने औँसी गंगादशहरा, जनैपूर्णिमा, गाईजात्रा, कुशेऔँसी, ठूलो एकादशी, बालाचतुर्दशी र माघे सङ्क्रान्तिजस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ ।
यहाँ परापूर्व कालदेखि नै सांस्कृतिक धरोहरका रूपमा यस क्षेत्रको अस्तित्व स्थापित भएको पाइन्छ । मानवजीवनका सबै याम र आयामसँग सांस्कृतिक साइनो जोडिएका यस क्षेत्रका सबै मेलाहरूको महत्व विशेष रहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया