नामिबियाद्वारा नेपाललाई २ सय २१ रनको लक्ष्य

नुवाकोट । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा नामिबियाविरूद्धको खेल जित्न २ सय २१ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङमा आएको नामिबियालाई नेपालले ४७.३ ओभरमा २ सय २० रनमा अलआउट गर्यो । कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । स्कटल्यान्डको एयरमा उनले १० ओभरमा ५४ रन खर्चेका थिए ।
सुरुआती बलिङमा निकै कशिला देखिए पनि उनले अन्तिम ओभर तिर बढि रन खर्चन पुगेका थिए । सोमपाल कामीले ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।
करण केसीले लो ह्यान्ड्रे लरेन्सलाई १८ रनमा कट एन्ड बोल्ड गरी नेपाललाई सातौं ओभरमा पहिलो सफलता दिलाएका थिए । दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले १–१ विकेट लिए । एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरिरहेका बसिरले पुछारका ब्याटर जान फ्र्याक्लिनलाई ४ रनमा बोल्ड गरी नामिबियाको इनिङ्स टुंगाएका थिए ।
जान निकोल लोफ्टी इटोनले नामिबियाबाट सर्वाधिक ६० रन बनाए । उनले ७० बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनलाई सोमपालले बोल्ड गरेका थिए । ओपनर डिभान ला कुकले ४१, कप्तान गेर्हार्ड इरासमसले २२ रन बनाए ।
नेपाल १६ खेलमा १५ अंक बोकी सात राष्ट्र सहभागी लिग २ को पाँचौं स्थानमा छ । नामिबिया १५ खेलमा १४ अंकसहित छैटौं स्थानमा छ । २० खेलमा केवल एक जित निकालेको पपुवा न्यु गिनी पुछारमा छ ।

प्रतिक्रिया