हिमालयन हाइड्रोपावरको आइपीओ भाेली बिहान बाँडफाँट हुने

विदुर खबर २०७९ असार २७ गते १६:२८

नुवाकोट । हिमालयन हाइड्रोपावर लिमिटेडको आइपीओ भाेली विहान बाँडफाँट हुने भएको छ। मंगलबार विहान साढे ८ बजे आइपीओ बाँडफाँट गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ।

Advertisement

क्यापिटलले गत शुक्रबार आइपीओको प्रि अलटमेन्ट गरेको थियो। प्रि अलटेमेन्ट गरेपछि ३ दिनभित्र आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ। यसले गर्दा मंगलबार आइपीओ बाँडफाँट गर्न लागिएको हो।

असार १५ गतेदेखि निष्काशन गरेको कम्पनीको शेयरमा १० गुणा बढी आवेदन परेको छ। तथ्याँक अनुसार कम्पनीको आइपीओमा १६ लाख २६ हजार ४३० आवेदकबाट एक अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख १९ हजार ९८० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

Advertisement

यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।

कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट हुनेछ ।

Advertisement

कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी रहेका करिब १४ लाख ४३ हजार आवेदकको हात खाली हुने छ।

 

प्रतिक्रिया