विदुर नगरपालिकाको बजेट एक अर्ब १३ करोड ९३ लाख

विदुर खबर २०७९ असार १५ गते ७:१०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९÷८० का लागि एक अर्व १३ करोढ ९३ लाख ५९ हजार रुपैयाँको अनुमानित आयब्यय विवरण सार्वजनिक गरेको छ ।

Advertisement

मंगलबार नगरपालिकाको दोस्रो नगरसभाको पहिलो अधिबेशनको दोस्रो बैठकमा उपप्रमुख प्रभा बोगटीले संघीय र प्रदेश सरकारको बित्तिय हस्तान्तरण तथा आन्तरिक आयसमेतको आधारमा आगामी आर्थिक बर्षका लागि अनुमानित आय व्यय विवरण सार्वजनिक गरेकी हुन ।

सार्वजनिक आयव्यय विवरणमा आगामी आर्थिक बर्षमा आन्तरिक आयबाट १५ करोड ६० लाख ५० हजार, संघीय सरकारको बित्तिय हस्तान्तरणबाट ८२ करोड सातलाख ८४ हजार र प्रदेश सरकारको बित्तिय हस्तान्तरणबाट १६ करोड २५ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

Advertisement

नगरसभामा उपप्रमुख बोगटीद्वारा प्रस्तुत बजेट बक्तव्य अनुसार आगामी आर्थिक बर्षमा नगरपालिकाले कृषि, पर्यटन, सहकारी, जलस्रोत तथा सिंचाई, पशुपंक्षी, र भुमी व्यवस्थासहित समग्र आर्थिक क्षेत्रको बिकासका लागि आठकरोड ८० लाख, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति, लैंगिक बिकास र युवा तथा खेलकुदसहित समग्र सामाजिक बिकास तर्फ ४४करोड ९० लाख, पूर्वाधार बिकास तर्फ ३६ करोड ३४ लाख २५ हजार, वातावरण संरक्षण तथा वीपल व्यवस्थापन, श्रम तथा रोजगार, कानुन तथा न्याय र शान्ति सुव्यवस्था तर्फ चारकरोड ८९ लाख ३४ हजार खर्च हुने लक्ष्य राखिएको छ ।

यसैगरी संस्थागत बिकास, सेवा प्रवाह तथा कार्यालय संचालनका लागि १९ करोड बिनियोजन गरिएको छ भने नगरका प्रत्येक वडाहरूले चालु खर्च पाँचलाखसहित ७० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन ।

Advertisement

यसअघि नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख राजन श्रेष्ठले बिदुर नगरपालिकाको समग्र बिकासका लागि सरोकारवाला सबै पक्षसंग समन्वय गरि आवश्यकताहरूको प्राथमिकिकरण गर्दै नगर विकास योजनालाई तिब्रता दिन आवश्यक नीति तथा कार्यक्रमहरू तर्जुमा गरिएको बताए ।

नगरप्रमुख श्रेष्ठद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा अघिल्लो कार्यकालका सकारात्मक कार्यहरूलाई निरन्तरता दिदै आगामी बर्षका लागि बिशेष कार्यक्रमहरू समाविष्ट गरिएको छ ।

प्रतिक्रिया