नुवाकोटको सूर्यगढी गाउँपालिकाको बजेट ५१ करोड
नुवाकोट । सूर्यगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/०८० लागि ५१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष मञ्जु बुढाथोकी ढकालले बिहीबार गाउँसभामा ५१ करोड २५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको छ । त्यसैगरी स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रमा बजेट विनियोजन गरिएको उपाध्यक्ष ढकालले जानकारी दिइन् ।
न्यून पारिश्रमिकमा सामुदायिक विद्यालयमा काम गर्ने बालविकास सहयोगीलाई प्रोत्साहित रकम दिने बजेटमा समेटिएको छ । विद्यालयहरुमा नि:शुल्क सेनेटरी प्याड वितरण, पठनपाठनमा गुणस्तर वृद्धि गर्न प्रत्येक विद्यालयमा इन्टरनेट तथा केही विद्यालयमा सीसी क्यामेरा व्यवस्थाका लागि समेत बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी जेष्ठ नागरिक लागि चाडपर्व भत्ता तथा तातो न्यानो कपडाका लागि वार्षिकरुपमा १ हजार ५ सय अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । दीर्घ रोगीलाई नि:शुल्क औषधि वितरणका कार्यक्रम राखिएको छ ।
सडक यातायातको स्तरवृद्धि गरिनुका साथै केही भागमा कालोपत्रेलाई निरन्तरता दिने भएको छ । ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउबिजन तथा पशु विकासका कार्यक्रमहरु अनुदानलाई बजेटमा राखिएको छ ।
गाउँपालिकाले आय र राजस्वका स्रोत उल्लेख गर्दै आव ०७९/८० मा गाउँपालिकामा संघीय सरकारबाट वित्तीय समानीकरणतर्फ ८ करोड ६६ लाख, संघीय सशर्त अनुदानतर्फबाट १५ करोड १३ लाख, विशेष अनुदानबाट १ करोड ३० लाख, समपूरक अनुदान ५० लाख, राजस्व बाँडफाँडबाट ६ करोड ६३ लाख २० हजार र सामाजिक सुरक्षा भत्तातर्फ ८ करोड रुपैयाँ प्राप्त हुने विनियोजित बजेटमा उल्लेख गरेको ।
प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ ७३ लाख, ससर्त अनुदान २ करोड, राजस्व बाँडफाँटतर्फ १ करोड, विशेष अनुदान २ करोड, समपुरक अनुदान ३ करोड प्राप्त हुने अनुमान बजेटमा गरिएको छ । आन्तरिक आयतर्फ ३५ लाख राजस्व संकलन हुने अनुमान बजेटमा छ ।
बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष सन्तबहादुर घले तामाङले समृद्ध सूर्यगढी र सुखी सूर्यगढीको आकांक्षा पूरा गर्ने अठोटका साथ आर्थिक वर्ष ०७९।८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया