नुवाकोटको तारकेश्वरमा नि:शुल्क हटलाइन सेवा सुरुवात
विदुर खबर
२०७९ जेठ २६ गते २१:१३
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबारदेखि हटलाइन सेवाको शुभारम्भ गरेको जानकारी गराए । दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए ।
२४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया