जेष्ठ नागरिक प्रतिष्ठानलाई टेलिभिजन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले टेलिभिजन प्रदान गरेको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानका अध्यक्ष विष्णु नेपाललाई ग्लोवल आइएमई लघुवित्त संस्थाका अनुगमन अधिकृत शशीकान्त न्यौपानेले ४३ ईन्चको स्र्माट टेलिभिजन हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानमा रहेका बृद्ध–बृद्धाहरुलाई समय बिताउन, मनोरन्जन र धार्मिक कार्यक्रम हेर्नका लागि सहज होस भन्ने हेतुले टेलिभिजन प्रदान गरिएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाका शाखा प्रमुख पुरुषोत्तम पन्तले जानकारी दिए । उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको जानकारी दिए ।
२०७३ सालमा स्थापना भएको ग्लोवल आइएमई लघुवित्त रातमाटे शाखाले बैशाखसम्ममा एक हजार ४ सय ७९ जनालाई बचत सेवा दिनुको साथै ७ सय ८ जनालाई कर्जा प्रवाह गरिरहेको छ । यस्तै रातमाटे शाखाले हालसम्म २ करोड ६६ लाख ४९ हजार ७ सय ८१ रुपैयाँ संकलन गरि ९ करोड ३४ लाख ८ हजार १ सय २१ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
टेलिभिजन वितरण कार्यक्रममा ग्लोवल आइएमई लघुवित्त त्रिशुली शाखाका प्रमुख सुमन रिमाल लगायतको उपस्थिति रहेको थियो ।
ग्लोवल आइएमई लघुवित्त शाखाले देशभर १ सय १९ शाखा कार्यालय मार्फत गरिव तथा विपन्न समुदायलाई लघुवित्त मार्फत सेवा प्रदान गर्दे आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया