विदुरको मेयरमा गठबन्धनका राजन श्रेष्ठ विजयी
विदुर खबर
२०७९ जेठ ६ गते १२:५९
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकाको मेयरमा गठबन्धन दलका साझा उम्मेद्धवार कांग्रेसका राजन श्रेष्ठ विजयी भएका छन् ।
एमालेको गढको रुपमा रहेको विदुर नगरपालिकाको किल्ला भत्काउन गठबन्धन दलका साझा उम्मेद्धवारह श्रेष्ठ सफल भएका हुन् । विदुर नगरपालिकामा लगातार एमालेले नेतृत्व गरेपछि एमालेको गढ भत्काउन विदुर नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका हुन् ।
मेयरमा विजयी भएका राजन श्रेष्ठले एमालेका उम्मेद्धवार सञ्जु पण्डितलाई पराजित गरेका छन् । यो समाचार तयार पार्दासम्म मेयरमा विजयी भएका राजन श्रेष्ठले पण्डितभन्दा झण्डै ३ हजार मतले अग्रता लिएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया