विदुर १३ का एकदर्जन एमाले कार्यकर्ता कांग्रेस प्रवेश
नुवाकोट । स्थानिय तहको निर्वाचन आउँन दुई साता बाँकी रहँदा नुवाकोटको विदुर नगरपालिकामा कांग्रेस प्रवेश गर्नेको लहर चल्न थालेको छ ।
नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गर्ने निर्णय गरेकोले गठबन्धन दलतिर सबैको ध्यान केन्द्रित भएको छ ।
यसैक्रममा आईतवार विदुर नगरपालिका वडा नम्बर १३ आमथाङ खुर्सानी लगायत क्षेत्रका एक दर्जन एमाले कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामा, विदुर नगरपालिकाका मेयरका प्रत्यासी राजन श्रेष्ठ, महिला नेतृ गिता अमात्य लगायतले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरुमा ईश्वर ओझा, गणेश तामाङ, अजय तामाङ, सन्तोष थापामगर, अनिल रानामगर र कमलेस तामाङ रहेको नेपाली कांग्रेस विदुर १३ का ईकाइ सभापति हरेराम भण्डारीले जानकारी दिए ।
यस्तै कांग्रेस प्रवेश गर्ने अन्यमा प्रकाश तामाङ, तारावहादुर पौडेल, किरण श्रेष्ठ, गणेश तामाङ, रञ्जन तामाङ र आशिश तामाङ रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बहादुरसिंह लामाले कांग्रेसले पार्टीमा सबैलाई समान व्यवहार गरेर जिम्मेवारी दिने बताए । उनले पार्टी प्रवेश गरेका युवाहरुलाई यथोचित जिम्मेवारी प्रदान गर्ने बताए ।
यस्तै गठबन्धन दलको तर्फबाट मेयरका प्रत्यासी रहेका राजन श्रेष्ठले विदुर नगरपालिकाको नेतृत्व आफुले पाएमा समग्र विदुर नगरपालिकालाई जिल्लाकै नमुना नगरपालिका बनाउने प्रतिबद्धता व्यत्त गरे ।
उनले नगरको धेरै स्थानमा खानेपानी र स्वास्थ्य क्षेत्रमा अझै सुधार हुन नसकेको भन्दै त्यसको समाधान कांग्रेस नेतृत्वले मात्र गर्न सक्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका विभिन्न नेता तथा कार्यकर्ता तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया