काठमाडौ महानगरमा एमालेले उपमेयरको उम्मेद्वार बनाएकी सुनिता डंगोल को हुन ?

विदुर खबर २०७९ वैशाख ११ गते १२:५९

नुवाकोट । देशको सर्वाधिक चासो रहेको संघीय राजधानी काठमाडौको मेयरमा सधैं चर्चामा रहेका केशव स्थापितलाई एमालेले उम्मेद्वार बनायो ।

Advertisement

यसमा अधिकांसको सकारात्मक प्रतिmक्रिया देखिएको छ । तर उपमेयरकी उम्मेद्वार सुनिता डंगोलको नाम कमैले मात्र सुनेका थिए । डंगोलको नाम उपमेयरमा आएपछि धेरैले को हुन् भनेर जिज्ञासा राखेका छन् । डंगोलको संक्षिप्त परिचय हामीले हामीले यसरी प्रष्तुत गरेका छौं ।

को हुन सुनिता ?

Advertisement

सन् २०११ मा मिस नेवाको ताज पहिरिएकी डंगोल बहुमुखी प्रतिभा भएकी एक जुझारु युवा हुनुहुन्छ । नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले रञ्जना लिपीलाई विश्वभर फैलाउन भूमिका खेलिरहेकी अभियन्ता पनि हुनुहुन्छ ।

सुनिता लिपी क्वीनको उपनामले पनि चिनिनुहुन्छ । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रम चलाउने उनी क्याली जात्रामार्फत विश्वभर भर्चुअल रुपमा लिपी सिकाउँदै त्यसको सम्वर्द्धन गर्दै आउनुभएको छ ।

Advertisement

जापान, कोरिया, जर्मनलगायत एक दर्जन बढी देशहरुको भ्रमण गरेकी उनले काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषण गरेकी थियो ।

केही समय अघि आफूसँग काठमाडौँ शहरको विकासको योजना रहेको भन्दै उनले मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । ।

सामाजिक विज्ञानमा स्नातकोत्तर गरेकी सुनिताले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्जमा सम्वर्द्धन गर्दै आउनुभएको छ ।

डाइनामिक लिडरका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मान्ने सुनिता अन्ततः एमालेबाट काठमाडौँको उपमेयरको उम्मेदवार बन्नुभयो ।

आफूले मेयरको उम्मेद्वार घोषणा गर्दा सुनिताले घोषणापत्र समेत सार्वजनिक गरेकी गर्नुभएको थियो । विदेशमा देखेका र भएका प्रविधिहरुलाई विकासका लागि प्रयोग गर्नुपर्ने धारणा समेटिएको उहाँको घोषणापत्रमा फोहरलाई मोहरमा बदल्ने कुरादेखि संस्कृति संरक्षणका कुराहरु उल्लेख छन् ।

प्रतिक्रिया