भारतमा कोरोनाको चौथो लहरको संकेत देखियो

विदुर खबर २०७९ वैशाख २ गते ७:४१

नुवाकोट । भारतमा कोरोना संक्रमितको संख्या एक्कासि बढेसँगै चौथो लहरको संकेत देखिएको छ ।

Advertisement

नोयडा र गाजियावादको विद्यालयका विद्यार्थीमा ठूलो संख्यामा कोरोना देखिएकाले यसलाई चौथो लहरको संकेतका रूपमा लिन सकिने विज्ञहरूले बताएका छन् ।

यस्तै, दिल्लीमा पछिल्लो २४ घण्टामा थप २ सय ९९ मा संक्रमण देखा परेको छ । यो संख्या २ दिनअघिको तुलनामा १ सय १८ प्रतिशत बढी हो । दिल्लीमा कोभिड संक्रमण दर शून्य दशमलव ५ प्रतिशतबाट बढेर २ दशमलव ७० प्रतिशत पुगेसँगै भारतको स्वास्थ्य मन्त्रालयले पुनः सतर्कता अपनाउन सर्वसाधारणलाई आह्वान गरेको छ ।

Advertisement

विज्ञहरूले भारतमा जुन र जुलाई महिनामा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने अनुमान गरेका छन् । यद्यपि, अधिकांशले कोरोनाविरुद्धको बुस्टर डोजसमेत लगाइसकेकोले दोस्रो लहरजस्तो घातक नहुने विज्ञको भनाइ छ ।कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी, हातको सरसफाइ र मास्क लगाउनेजस्ता प्रमुख तीन सुरक्षा प्रोटोकल अपनाउन छाड्न नहुनेमा चिकित्सकहरूले जोड दिएका आएका छन् ।

यसै साताको शुरूमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कर्नाटकका स्वास्थ्यमन्त्रीले जुन र जुलाई महिनामा चौथो लहर आउने उल्लेख गर्दै राज्यले थप क्षति हुन नदिन आवश्यक तयारी गरेको बताएका थिए ।

Advertisement

प्रतिक्रिया