नुवाकोटको ढिकुरेमा करेन्ट लाग्दा एक जनाको मृत्यु २ जना घाइते, विदुरमा यातायात बन्द
नुवाकोट, नुवाकोटको लिखु गाउँपालिका वडा नं १ को ढिकुरेमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
लिखु गाउपालिका वडा नं १ ढिकुरे स्थित ३३ हजार के.बि. प्रशारण लाईनको पोल कोल्टिँदा तार झोलिएको र करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा लखु गाउँपालिका वडा नं १ की तुलसा अधिकारी रहेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । घाइते हुनेमा बेलकोटगढि नगरपालिकाकी १७ वािर्षय सदिक्षा पौडेल, लिखु गाउँपालिका वडा नं १ का लालप्रशाद लामिछाने रहेका छन । घाइतेहरुको नुवाकोटको विदुरमा रहेको सिटि अस्पतालमा उपचारपछि थप उपचारको लागि काठमाण्डौको ग्रान्डी अस्पताल लगिएको छ ।
यसैबिच घटनाको दोषीलाई कारवाही र पिडितलाई क्षतिपुर्ति दिनुपर्ने माग गर्दै लिखु गाउँपालिकाका वासीहरुले नुवाकोटको सदरमुकाम विदुरमा यातायात बन्द गरेका छन । उनीहरुले प्राधिकरणको लापरवाहीले सिमा नागेको भन्दै तत्काल कारवाहीको माग गर्दै प्रर्दशन गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया