युक्रेनको रेल स्टेसनमा रकेट आक्रमण, २० जनाको मृत्यु
विदुर खबर
२०७८ चैत २५ गते १७:००
एजेन्सी । युक्रेनको पूर्वी क्षेत्रमा रहेको रेल स्टेसनमा शुक्रबार रकेट आक्रमण भएको छ ।
आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको प्रत्यक्षदर्शीहरूले सञ्चारकर्मीहरूलाई जानकारी दिएका छन् ।
देशको पूर्वी क्षेत्रमा पर्ने क्रमातोस्का घटना भएको समाचारमा जनाइएको छ ।“क्रमातोस्क रेल स्टेसनमा दुई रकेट आक्रमण भएको छ, धेरै मानिस घाइते भएका छन्, घटनाका बारेमा थप विवरण हामी संकलन गर्दै छौँ,” रेल कम्पनीका प्रमुख अलेक्जेन्डर कामीशिनले सामाजिक सञ्जालहरूमा लेख्नु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया