देशभरका सबै यातायात कार्यालय बन्द
विदुर खबर
२०७८ चैत ९ गते १६:१७
नुवाकोट । देशभरका यातायात कार्यालयबाट प्रदान हुने सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागका सर्भरहरूमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।
विभागका प्रवक्ता डा. लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए । यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया