विदुर ६ का वडाध्यक्ष राजु सडौला एकीकृत समाजवादी प्रवेश
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौला नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
मंगलवार बट्टारमा नेकपा एकिकृत समाजवादीद्धारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा विदुर नगरपालिका वडा नम्बर ६ मा एमालेबाट वडाध्यक्षमा निर्वाचित सडौला समाजवादी प्रवेश गरेका हुन् ।
सडौलासहित एमालेका एकसयभन्दा बढी नेता तथा कार्यकर्ता समाजवादी प्रवेश गरेका छन् । वडाध्यक्ष सडौलाले बाँदरको हातमा पार्टी पुगेको र विधि र प्रक्रियामा पार्टी संचालन नभएकोले आफुहरु एकीकृत समाजवादी प्रवेश गरेको बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीप्रति इंगित गर्दे ओलीलाई, लभ यु बा, ओलीलाई पुँजा गर्न नसकेकोले आफुहरु ओलीको रोजाइमा पर्न नसक्ने बताए ।
उनले वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कलमले सुर्यलाई निषेध गर्ने र संसद विघटन धोका भएको प्रमाणित गरिदिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेसका गरि एकसयभन्दा बढी नेता तथा कार्यकर्ता एकिकृत समाजवादी प्रवेश गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया