सुर्यगढीमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा आधा दर्जनको दाबी
नुवाकोट । स्थानिय तहको निर्वाचन आगामी वैशाख ३० गते हुने भएपछि नुवाकोटमा चुनावको सरगर्मी बढेको छ । २ नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटमा वडादेखिनै उम्मेद्धवार बन्न तछाडमछाड हुने गरेको छ ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा ७ पालिकामा विजयी भएको नेपाली कांग्रेस अहिले त्यसलाई सुधार गरेर नतिजा सुधार गरेर अघि बढ्ने तयारीमा छ । नेपाली कांग्रेस नुवाकोटका नेताहरु अहिले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अनुसार गाउँ केन्द्रीत हुन थालेका छन । यसै क्रममा सुर्यगढी गाउँपालिकामा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि आकांक्षीहरु देखिन थालेका छन ।
हाल सुर्यगढीमा कांग्रेसबाट आधा दर्जन नेताहरु गाउँपालिका अध्यक्षका लागि दाबेदार देखिएका छन । गाउँपालिका अध्यक्षको लागि सुवन गिरी, सन्तबहादुर घले, रामजी पौडेल, शिव अधिकारी, शंकर प्याकुरेल, दिपेन्द्र गिरी र कुमार गुरुङ लगायत आकांक्षीको रुपमा अघि देखिएका छन ।
यस्ता छन् गाउँपालिकाका अध्यक्षका दाबेदारहरु
सुवन गिरी
आगामी स्थानिय तहको निर्वाचनमा अध्यक्षको प्रवल दावेदारको रुपमा सुवन गिरीको नाम अग्रस्थानमा आउने गरेको छ । सुर्यगढी गाउँपालिका वडा नम्बर ४ हल्देकालिकामा जन्मिएका सुवन गिरी लामो समयदेखि नेपाली कांग्रेस पार्टीमा सक्रिय राजनीति गर्दै आइरहेका छन् ।
निडर एबम बौद्धिक ब्यक्तित्वको रुपमा आफ्नो छबि बनाएका गिरीले पार्टीकोे विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
हाल नेपाल तरुण दल नुवाकोटका सचिब एवम बिपि स्टडी युथ सर्कल बाग्मती प्रदेश अध्यक्ष ,नेपाल यातायात राष्ट्रिय ब्यबसायी सघं केन्द्रीय सदस्य तथा सुपर माउन्ट एभरेष्ट यातायात ब्यबसायी प्रालिका अध्यक्ष र नेपाल प्रजातान्त्रिक यातायात ब्यबसायी सघंको केन्द्रीय सदस्यको रुपमा काम गर्दै आइरहेका छन् ।
सानैदेखि सामाजिक सेवामा लागेका गिरीले कोरोनापछिको लक डाउनको समयमा एक हजारभन्दा बढी प्रभावित मानिसलाई खना खुवाएका थिए । यस्तै बाढीपहिरोमा परेका मानिसलाई जस्तापाता, खाध्यन्न ,लत्ताकपडा वितरण गरेका थिए ।
अध्यक्षको दावेदार रहेक गिरीलाई जिल्लामा के.सी र महत दुबै समुहको साथ रहेको छ । यसपटकको चुनावमा जसरी पनि अध्यक्षको टिकट आफुले पाउने उनले विश्वास लिएका छन् ।
सन्तबहादुर घले
हाल सुर्यगढी गाउँपालिकाका अध्यक्षको रुपमा सन्तबहादुर घले रहेका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै गाउँपालिकाबाट अध्यक्षमा उनको नाम फेरि आउन थालेको छ ।
शिक्षण पेसामा समेत आबद्ध रहेका घले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए । २०४९ सालको स्थानीय तहको निर्वाचनमा घले कांग्रेस र जनमोर्चाको तर्फबाट संयुक्त उम्मेदवार रहेका थिए ।
२०५१ सालमा कांग्रेसको तर्फबाट बागेश्वरी गाविसको अध्यक्ष निर्वाचित भएका उनले स्थानीय तहको निर्वाचन घोषणासँगै छलफल र भेटघाटलाई तीव्रता दिएका छन ।
पहिलो कार्यकालमा नियम कानुन बनाउने मात्र काम भएको भन्दै उनले पुन दोस्रो कार्यकालको लागि टिकट पाउनुपर्ने बताउँदै आएका छन् ।
रामजी पौडेल
सुर्यगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षकोे आकांक्षीको रूपमा आएको अर्को नाम हो, रामजी पौडेल । विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आएका पौडेल हाल नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ प्रदेश ख का सभापति हुन ।
पौडेल २०५६ सालबाट नेविसंघमा आबद्ध हुँदै २०६२÷६३ सालको जनआन्दोलनका घाइते समेत हुन । पार्टीको ११ औँ महाधिवेशनबाट साविक हल्देकालिका गाउँ इकाइ सचिव हुँदै पार्टीको १३ औँ महाधिवेशनबाट साबिक क्षेत्र नं २ को क्षेत्रीय सचिवमा निर्वाचित भएका थिए ।
शंकर प्याकुरेल
नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सभापति हुन शंकर प्याकुरेल । आगामी स्थानीय तहको निर्वाचनमा नेता प्याकुरेल पनि गाउँपालिका प्रमुखको आकांक्षीको रूपमा अघि देखिएका छन ।
कांग्रेसको भातृ संगठन नेपाल तरुण दलबाट राजनीतिमा सक्रिय रहँदै पार्टी राजनीतिमा आएका हुन प्याकुरेल । वागेश्वरी माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बनेर समेत काम गरेको अनुभव रहेको छ । जिल्लामा महत परिवारसँग नजिक रहेका प्याकुरेल निर्माण व्यवसायी समेत हुन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया