रसुवामा ८ मेगावाटको जलविद्युत् आयोजना बन्ने
विदुर खबर
२०७८ चैत ३ गते ९:३१
नुवाकोट । रसुवाको गोसाईंकुण्ड गाउँपालिका– ५ र ६ मा पर्ने त्रिशूली दोभानमा ८ मेगावाट जलविद्युत् आयोजना बन्ने भएको छ ।
हाइड्रो कन्सर्न प्रालिले प्रस्तावक भई नेपाल इन्भाइरोमेन्ट एन्ड डेभलपमेन्ट कन्सल्टयान्ट प्रालिले वातावरणीय प्रभाव मूल्यांकनका लागि सर्भे गर्दा ८ मेगावाटको त्रिशूली खोला साना जलविद्युत् आयोजना बन्न लागेको सरोकारवाला निकायलाई जानकारी गराइएको छ ।
एक सय ४८ करोडको लगानीमा बन्न लागेको उक्त आयोजनाले लाङटाङ राष्ट्रिय निकुञ्जको ३ दशमलव ७ हेक्टर जमिन ओगट्ने भएकाले आयोजनाको ८ मेगावाट भए पनि सवै प्रक्रिया पूरा गरी हेडवर्क्स त्रिशूली खोलाको बायाँ किनारको युङलिङ गाउँमा र विद्युत्गृह त्रिशूली खोलाको बायाँ किनारामा प्रस्ताव गरिएको आयोजना प्रमुख हेमजंग गुरूङले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया