नुवाकोट बन्यो कोरोना संक्रमणमुक्त

विदुर खबर २०७८ फागुन २९ गते १२:४०

नुवाकोट । नुवाकोट कोरोना भाइरस संक्रमणमुक्त जिल्ला बनेको छ । जिल्लामा भेटिएका सबै कोरोना संक्रमित निको भएपछि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त बनेको हो ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लाको विभिन्न आइसोलेसनमा रहेका संक्रमितहरु निको भएर घर फर्किएसँगै जिल्ला कोरोना भाइरस मुक्त बनको हो ।

नुवाकोटमा पहिलो चरणमा एकहजार एकसय ४५ र दोस्रो चरणमा ९ हजार ३ सय ६३ जनालाई कोरोना संक्रमण भएको थियो । तर उनीहरु सबै आइसोलेसनबाटै निको भएर घर फर्किएका छन । सबै संक्रमित निको भएर घर फर्किएपछि नुवाकोटका विभिन्न पालिकामा रहेको आइसोलेसन पनि खाली भएका छन ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालका लागि जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भए पनि कोरोनाको जोखिम कायम रहेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार जिल्लामा संक्रमितको संख्या शून्यमा झरेको छ ।

तर समुदायमा परीक्षणको दायरा बढाउन सके संक्रमित भेटिनसक्ने उनको अनुमान छ । नुवाकोटको त्रिशुली अस्पतालमा पीसीआर उपकरण स्थापना गरी सञ्चालनमा ल्याएपछि कोरोना जाँच र स्वाब संकलन कार्य सहज बन्र्दै आएको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको छ ।

जिल्लामा हालसम्म ३० हजार ९ सय ४३ जनाको पिसिआर परिक्षण गरिएको छ ।

प्रतिक्रिया