रसुवामा पर्यटक देखिन थाले

विदुर खबर २०७८ फागुन १९ गते १७:०३

नुवाकोट । कोरोना भाइरस सब्क्रमणको जोखिमका कारण सनसान रहेको रसुवाको पर्यटकीय क्षेत्रमा विदेशी पर्यटक देखिन थालेका छन् ।

Advertisement

नेपालको तेसो पर्यटकीय गन्तव्यस्थलको रूपमा परिचित रसवामा कोरोनाको सब्क्रमण कम हँदै गएपछि पर्यटकको आगमन सरु भएको हो । अहिले जिल्लाको लाबटाब र गोसाइँकण्ड पदमार्गमा छिटफुट विदेशी पर्यटक देखिन थालेका छन् ।

कोरोना भाइरस सब्क्रमणको जोखिम कम हँदै गएको र यस क्षेत्रमा हुने अत्यधिक चिसोपनमा कमी आएसँगै लाबटाब र गोसाइँकण्ड पदमार्गमा आन्तरिक एवम् बाह्य पर्यटक आउन थालेको चन्दनबारीका होटेल व्यवसायी सुब्बालामाले बताए ।

Advertisement


पदयात्रीको आगमन सरु भएसँगै हिमपातका कारण उच्च भागमा बन्द रहेका होटेल तथा लज क्रमशः पुनः सञ्चालन हुन थालेको होटेल व्यवसायी सब्घ रसुवाका अध्यक्ष रामशरण गजरेलले बताए । पदमार्गमा पर्यटक घम्न आउन थालेपछि कोरोना भाइरस सब्क्रमणले थला परेको व्यवसायबाट पलायन हुन लागेका व्यवसायीलाई आशा जगाएको उनको भनाइ छ ।

गत हप्तादेखि दैनिक रूपमा १५–२० जना आन्तरिक र चार– पाँचजना बाह्य पर्यटकको आगमन भइरहेको समेत उनको भनाइ छ । अब पर्यटन क्षेत्र चलायमान हुने अपेक्षाका साथ जिल्लाका व्यवसायीले पदमार्गका होटेल तथा लजमा थप सदृढीकरणको कार्य अगाडी बढाइरहेको छ ।

Advertisement

प्रतिक्रिया