नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित २८ पुगे
विदुर खबर
२०७८ फागुन १२ गते २२:००
नुवाकोट । नुवाकोमा कोरोनाका सक्रिय संक्रमितको संख्या २८ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै जिल्लामा सक्रिय संक्रमित आज घटेको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ हजार २ सय ७८ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ५८ पुगेको छ । जिल्लामा रहेका कोरोना संक्रमितमध्ये २६ जना आइसोलेसनमा र २ जना त्रिशुली अस्पतालको आइस्युमा उपचाररत रहेका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ ।
Advertisement
जिल्लामा हालसम्म ३० हजार ९ सय जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया