करिब २० अंक घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

विदुर खबर २०७८ फागुन ४ गते १८:३०

नुवाकोट । बुधबार नेप्से परिसूचक करिब २० अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन ५३.३० अंक बढेर बन्द भएको नेप्से, यस दिन १९.८४ अंक घटेर २७३४.४४ विन्दुमा झरेको छ।

Advertisement

यस दिन सेन्सेटिभ इण्डेक्स ३.४७ अंक, फ्लोट इण्डेक्स १.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ कम्पनीको ३९ हजार ६६८ पटकको कारोबारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँ बराबरको ५६ लाख ५२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार गुराँस लघुवित्त र ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, युनाइटेड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल, नेपाल एसबिआई बैंक, सामलिङ्ग पावर, स्वाभिमान लघुवित्त र जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

Advertisement

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ भने सिंगटि हाइड्रो, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Advertisement

बुधबार १३ उपसमूहको परिसूचकमध्ये जीवन बीमा र अन्य उपसमूहको परिसचूक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.१८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रतिक्रिया