सुनको भाउ एकैदिन १२०० रुपैयाँले बढ्यो

विदुर खबर २०७८ फागुन ३ गते १२:०१

नुवाकोट । सुनको भाउ मंगलबार एकैदिन १ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ।

Advertisement

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो। अन्तिराष्ट्रिय बजारमा भएको मुल्यबृद्धिका कारण नेपालमा सुनको भाउ लगातार बढ्दो क्रममा देखिएको हो।

यस्तै मंगलबार तेजाबी सुन भने प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

मंगलबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ। सोमबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया