बुद्धभुमिको आयोजना प्रभावितको सेयर हितग्राहीको खातामा
नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको नाउँमा रहेको साधारण सेयर आईपीओ हितग्राही खाता नम्बर हुबहु मिलेका सेयरधनीको खातामा जम्मा भइसकेको छ ।
कम्पनीले हितग्राही खाता नम्बर उपलब्ध नभएका तथा हितग्राही खाता नम्बर नमिली फिर्ता भएका सेयरधनीको सेयर हितग्राही खातामा जम्मा गर्नका लागि हितग्राही खाता उपलब्ध गराउन आग्रह गरेको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मुल्यका ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो ।
कम्पनीले पहिलो चरणमा साउन ३२ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि सेयर निस्काशन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया