पाण्डे नेतृत्व सरकारको १०० दिनको उपलब्धि सार्वजनिक

विदुर खबर २०७८ माघ २२ गते ९:१३

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको १०० दिनमा भएका काम तथा उपलब्धि आज सार्वजनिक गरिएको छ ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस अवधिमा मन्त्रिमण्डलाई पूर्णता दिई नेपालको संविधानको पूर्णपालना गर्दै प्रदेशवासीको हित, विकास र सुशासनको प्रत्याभूति, सङ्घीय शासन प्रणालीको सवलीकरण, न्यायपूर्ण, विभेदरहित, समतामूलक समाज निर्माण र सबल एवम् समृद्ध प्रदेश निर्माणको सङ्कल्पका साथ प्रदेश सरकारले काम गरेको र थुप्रै उपलब्धि हासिल भएको बताउनुभयो ।

प्रदेश सरकारले गठबन्धनमा सहभागी दलका सहभागितामा प्रभावकारी सेवा प्रवाह, दीगो विकास निर्माण, सन्तुलित आर्थिक विकास, उत्पादन तथा रोजगारी प्रवर्द्धन, गरिबी निवारण, शासकीय सुधार, भष्टाचार निवारण, सुशासन प्रवर्द्धनलगायत उद्देश्य पूरा गर्न प्रदेशको स्रोत, साधन, सामर्थ्य र संयन्त्रलाई प्रभावकारी ढङ्गले र अभियानकैरुपमा परिचालन गर्ने नीतिसहितको बागमती प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको समेत उनले बताए ।

Advertisement

साथै उनले प्रदेश सरकारले यहाँका स्थायी बासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको बताए । यससँगै प्रदेशवासीले अब ब्लड बैङ्कबाट रगत लिँदा तिर्नुपर्ने ब्यागको शुल्क प्रदेश सरकारले नै उपलब्ध गराइदिने भएको छ ।

प्रतिक्रिया