नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित घटे

विदुर खबर २०७८ माघ १६ गते १५:०९

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या घट्दै गएपछि सक्रिय संक्रमितको संख्यापनि घट्न थालेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २६ घण्टामा जिल्लामा ४६ जना कोरोना संक्रमित कोरोनामुक्त भएसँगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या घटेर ३ सय ५४ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार सक्रिय संक्रमितमध्ये ३ सय ४६ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना अस्पतालमा र २ जना आइस्युमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको एनटीजेन परिक्षण गर्दा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार ८५ पुगेको छ । यस्तै कोरोनामुक्त हुनेको संख्या ८ हजार ६ सय ७९ पुगेको छ ।

Advertisement

जिल्लामा हालसम्म ५२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया