बालिकालाई जबरजस्ती करणी गर्ने एक युवक पक्राउ

नुवाकोट । जिल्ला अदालत भक्तपुरले जबरजस्ती करणी गर्ने अभियुक्तलाई १२ वर्ष कैद फैसला सुनाएको छ ।

सिन्धुली घर भएका विजय भन्ने आशिष नेपालीले सिन्धुलीकै विद्यालयमा अध्ययनरत एक १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग पुष्टि भए पछि अदालतले नेपालीलाई १२ वर्ष कैद र पचास हजार रुपैयाँ क्षतिपूर्ति रकम भराउने फैसला सुनाएको हो ।
मंगलबार अदालतले १२ वर्ष कैद सहित क्षतिपूर्ति रकम भराउने फैसला गरेको महानगरीय प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताउनुभयो ।
विवाह गर्छु भनी प्रलोभनमा पारी ललाईफकाई भक्तपुर स्थित आफ्नो डेरामा ल्याई डर,धाक धम्की समेत दिई बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको कसुरमा प्रहरीले अदालतमा मुद्दा दायर गरेको थियो ।
अनुसन्धान पश्चात् प्रहरीले गत मंसिरमा मुद्दा पेस गरेकोमा जिल्ला अदालतले तत्काल पुर्पक्षको लागी कारागार चलान गरेको थियो । पीडित बालिका परिसरको पहलमा हाल माइती नेपाल काठमाडौँको संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया