कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित
रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ ।
कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।
नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावली सङ्कलनका कार्य बन्द गरिएको कार्यालयले जनाएको छ ।
रसुवामा अहिले ९९ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । अहिलेसम्म जिल्लामा १ हजार ४ सय ३६ जनामा कोरोना पुष्टि भइसकेकाे छ। जसमा १ हजार ३ सय ३५ जना निको भएका छन् भने दुई जनाको ज्यान गएको कार्यालयको तथ्याङ्क छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया