मुक्तिनाथ विकास बैंकको नाफा घट्यो
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/01/muktinath.jpg)
नुवाकोट । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
![](https://www.bidurkhabar.com/wp-content/uploads/2021/09/sulav.png)
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१४ प्रतिशतले घटेको हो। बैंकको ब्याज आम्दानी वृद्धि भएतापनि सञ्चालन आम्दानीमा गिरावट हुँदा बैंकको नाफा प्रभावित भएको हो। गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशतले बढेर एक अर्ब ५३ करोड २९ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी ५.४५ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ०.५४ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा बैंकले १६ करोड ४१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्जको लागि व्यवस्थापन गरेको छ।
यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २२ करोड २१ लाख रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७२ करोड २५ लाख रुपैयाँ संञ्चित छ ।
यस्तै बैंकको नाफामा संकुचन आएसँगै बैंकको प्रतिशेयर आम्दानी घटेको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४६ पैसाले घटेर २१ रुपैयाँ ३० पैसा कायम भएको छ। त्यसैगरी बैंकको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.२ गुणा रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया