कोरोनाका कारण त्रिविको परीक्षा स्थगित
विदुर खबर
२०७८ माघ ६ गते १८:३२

नुवाकोट । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले कोभिड संक्रमण उच्च गतिमा फैलिरहेको अवस्थामा तत्काल परीक्षा लिने विषयमा सोच्न निर्देशन दिएका छन् ।

निर्देशन लगत्तै त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेको परीक्षा स्थगित गर्ने तयारी गरेको छ । त्रिविले सोमबारबाट हुने सबै परीक्षा स्थगित गरेको छ ।
त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले सोमबारबाट हुने परीक्षा स्थगित गरेको जानकारी दिए । उनले भने– डीनसंग भएको बैठक पछि परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया