चन्द्रागिरिमा चक्कु प्रहारबाट रिजालको हत्या
विदुर खबर
२०७८ माघ ३ गते १६:४४

नुवाकोट । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते छन् ।

मृत्यु हुनेमा मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका जानकारी दिए ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज बस्नेत र अशोक बस्नेतलाई पक्राउ गरेको छ । सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु प्रहार गरेकाे प्रहरीकाे अनुमान छ ।
अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । ‘घटनाको कारणबारे अनुसन्धान जारी रहेकाे डीएसपी पाण्डे बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया