नेकपा एमाले नुवाकोटका सबै पदाधिकारी निर्विरोध
विदुर खबर
२०७८ पुष २५ गते १२:११
नुवाकोट । नेकपा एमाले नुवाकोटको सातौँ जिल्ला अधिवेशनबाट बद्री मैनालीको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।
बट्टारमा भएको नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीहरुको टुङगो लगाएको हो ।
अध्यक्षमा बद्री मैनाली निर्वाचित हुँदा उपाध्यक्षमा बुद्धिबहादुर प्रधान र सचिवमा सुदर्शन नेपाल चयन भएका छन् ।
यस्तै उपसचिवमा काशिराज अधिकारी र निलकण्ठ आचार्य निर्वाचित भएको नेकपा एमाले नुवाकोटले जनाकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया