धादिङमा निर्माणाधीन हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्ने
विदुर खबर
२०७८ पुष २४ गते १६:५४

धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ ।

परीक्षण उत्पादनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोख्रेलले जानकारी दिए ।
‘उद्योगका लागि क्लिन्कर बनाउने क्लिन फायर उपकरणलाई १४ सय डिग्री तापक्रममा चार्ज गरेर शनिबारबाट उद्योगले परीक्षण उत्पादन शुरु गर्छ,’ पोख्रेलले भने । पहिलो चरणमा क्लिंकर र बिस्तारै सिमेन्ट उत्पादन शुरु हुने उपप्रबन्धक पोख्रेलले बताए । हरेक दिन उत्पादन हुने क्लिंकर र सिमेन्टको गुणस्तर उद्योगको प्राविधिक र सरकारी टोलीले परीक्षण गर्दै जाने उद्योगले जनाएको छ ।
बढीमा दुई महिनामा उद्योगबाट व्यवसायीक सिमेन्ट उत्पादन शुरु हुने कम्पनीले जनाएको छ ।
हुवासिन सिमेन्ट नेपालले ओपीसी र पीपीसी गरेर दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया