जापानमा भारी हिमपात एकसयभन्दा बढी उडान रद्द
विदुर खबर
२०७८ पुष ११ गते २०:२७
एजेन्सी । देशको पश्चिमी र उत्तरपश्चिमी क्षेत्रमा भारी हिमपातका कारण जापानमा १०० भन्दा बढी उडानहरू रद्द गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जापानी प्रसारक एनएचकेका अनुसार निप्पोन एयरवेजका ६९ र जापान एयरलाइन्सका ३५ र पीच एभिएसनका २ उडान रद्द भएका छन् । आइतबार बिहानसम्म विभिन्न प्रान्तमा ३५ इन्चसम्म हिउँ परेको मौसमविद्ले बताएका छन् ।
देशको पश्चिमी भूभागमा चिसो बढेसँगै भारी हिमपात जारी रहने अनुमान गरिएको छ ।सोमबार सम्म, चक्रवात होन्शु टापुको केन्द्र तर्फ सर्दैछ जसले विशेष गरी कन्साई क्षेत्रमा कडा हिमपात हुनसक्ने जनाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया