विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु
नुवाकोट । विश्वकै जेष्ठ महिला भनि दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ ।
विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो । उनी चीनको स्वायत्त उइगुर प्रान्तकी बासिन्दा हुन् ।
चीनमा जन्म र मृत्युबारे तथ्यांक संकलन गर्ने पब्लिसिटी डिर्पाटमेन्टका अनुसार सियातीको जन्म सन् १८८९ को २५ जुनमा भएको थियो ।सियिटीको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा मृत्यु भएको थियो । उनका ४३ नाती र पनाती छन् । सरकारले उनलाई सन् २०१३ मा चीनकै सबैभन्दा जेष्ठ जीवित महिला घोषणा गरेको थियो ।
मृत्यु हुनुअघिसम्म उनको दैनिकी सामान्य थियो । चीन सरकारले उनलाई विश्वकै जेष्ठ महिला भनेर दाबी गरे गिनिज वल्र्ड रेकर्डबाट भने मान्यता पाएकी थिइनन् ।
सियिटीलाई विश्वकै जेष्ठ महिला घोषित गर्न र स्वतन्त्र ढंगले पुष्टि गर्न कसैले अनुरोध नगरेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया