रमेश सिलवाललाई पदमा फर्कन सर्वोच्चको अन्तरिम आदेश
विदुर खबर
२०७८ मंसिर २९ गते २१:१६
नुवाकोट । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
उनलाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गरेको थियो । त्यसविरुद्ध सिलवालले कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।
राखेपमा प्रतिस्पर्धाको माध्यमबाट नयाँ सदस्य सचिव नियुक्त भइसकेको अवस्थामा आएको अदालतको आदेशले सरकारी निर्णय संकटमा पर्ने देखिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया