आगामी साता हिमपातको सम्भावना
विदुर खबर
२०७८ मंसिर २५ गते ८:१७

नुवाकोट । मौसम पूर्वानुमान महाशाखाले आगामी साता हिमपातको सम्भावना रहेको जनाएको छ ।

साताको मध्यतिर पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीको कारण गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो ।
त्यस्तै साताको मध्यतिर देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । तर साताको सुरु र अन्त्यतिर भने देशका अधिकांश स्थानहरूमा मौसम सामान्यतया सफा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया