नेपाल ग्लोबल छनोटमा पुग्न असफल
नुवाकोट । नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो । प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो ।
नेपाल यस अघि हङकङसँग पराजित भएको थियो । जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सक्यो ।
नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ । नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ रन जोडिन् । सिता राना मगरले १३ रनको योगदान गरिन् ।
सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारी २, कप्तान रुविना क्षेत्री २, कविता जोशी १ रनमा आउट भए । युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए ।
चाया मुघलले एक–एक विकेट लिए । यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो । युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन ।
कभिसा इगोडेजले २२ रनको योगदान गरिन् । नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् । सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया