कांग्रेस जिल्ला कार्य समिती सदस्यका लागि युवा नेता श्रेष्ठद्धारा उम्मेद्धवारी घोषणा

विदुर खबर २०७८ मंसिर ९ गते १४:५१

नुवाकोट । नेपाली कांग्रेस जिल्ला कार्य समिती नुवाकोटको सदस्य पदका लागि तरुण दल नुवाकोटका युवा नेता शैलेस श्रेष्ठले उम्मेद्धवारी घोषणा गरेका छन ।

Advertisement

नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का क्षेत्रिय प्रतिनिधि समेत रहेका श्रेष्ठले १४ औँ महाधिबेशन अन्र्तगत कांग्रेस नुवाकोटको जिल्ला अधिबेशनमा सदस्य पदमा उम्मेद्धारी दिने बताए ।

उनले जिल्ला सदस्यको लागि रमेश महतको प्यानलबाट जनजातीतर्फबाट उम्मेद्धवारी दिएका हुन् । लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका स्थानिय रहेका श्रेष्ठ तरुण दलको नेतृत्वमा रहेर काम गरेको अनुभव समेत रहेको छ ।

Advertisement

उनले समाजसेवासँगै आफ्ना पाइला राजनितिमा सामेल गराउँदै आएका छन् । उनलाई नुवाकोटका युवापुस्ताले बढी मन पराउने गरेका कारण आफुले लोकिप्रय मत पाएर विजय हुने समेत उनले दबाी गरेका छन् ।

उनले लिखु गाउँपालिका भित्र कांग्रेसको संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्दै आएका थिए ।

Advertisement

उनले पालिकामा मात्रै नभई नुवाकोट क्षेत्र नम्बर १ मा समेत कांग्रेसको संगठन निर्माण र विस्तारका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया