देउवा–पौडेल पक्षको दाबी : महाधिवेशन प्रतिनिधि आफ्नो ६० अर्कोको ४० प्रतिशत
नुवाकोट । क्षत्रिय अधिवेशनको नतिजा आउन थालेसंगै महाधिवेशन प्रतिनिधिहरुको जोरघटाउमा एकले अर्कोलाई कमजोर देखाउदै नेतृत्वका दाबेदार नेताहरुको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ ।
आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदाुर देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सुचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको भन्दै भ्रमपुर्ण समाचारहरु सार्वजनीक गरिरहेको छ ।
एउटाले प्रारम्भिक नतिजा देउवाको पक्षमा र अर्कोले प्रारम्भिक नतिजा पौडेलको पक्षमा भन्दै सचिवालयको हवला दिदै सार्वजनिक गरिएको समाचारमा एक पक्षले अर्को पक्षलाई निकै कमजोर देखाइएको छ । पौडेल सचिवालयले हालसम्मको नतिजामा आफ्नो पक्षको ६० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ भने देउवा पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ ।
देउवा सचिवालयले यसको ठिक उल्लो आफ्नो पक्षमा ६० पौडेलको पक्षमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि आएको जनाएको छ ।
आसन्न महाधिवेशनमा नेतृत्व दावी गरिरहनु भएका पौडेल सचिवालयले संस्थापन इतर पक्ष एक नभए नेतृत्व देउवाको पक्षमा जाने स्वीकारेको छ ।
‘रामचन्द्र पौडेल, डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच आपसमा एकता कायम हुँदा ६० प्रतिशत शक्ति आर्जन गर्ने देखिएको छ ।’ हाम्रो टिमको कुल शक्ति ६० प्रतिशत देखिएको छ भन्दै पौडेलको सचिवालयले भनेको छ– आन्तरिक एकता कायम गरेर साझा उम्मेदवार दिन सक्यौ भने जुनसुकै अवस्थामा केन्द्रीय महाधिवेशन जित्छौं ।
देउवाको सचिवालयले तयार पारेको विवरण अनुसार भने महाधिवेशन प्रतिनिधिको नजिता हेर्दा देउवाले पहिलो चरणमै ५१ प्रतिशत भन्दा बढी मत ल्याएर सभापति जित्ने उल्लेख छ । यस पटक देउवा पक्षका ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि आउने विश्लेषण गर्दै देउवा सचिवालयले भनेको छ– पौडेल पक्ष भनिएका डा.शशांक कोइराला, प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच एकता भए पनि त्यो पक्षको ४५ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधि हुदैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया