पेसा गरिएन भने राजनीतिमा झुक्नुपर्छ : लामा
नुवाकोट । नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता बहादुरसिंह लामाले विशुद्ध राजनीतिमात्रै गरेर राजनितिमा सफलता नमिल्ने बताएका छन् ।
नुवाकोटमा बिहीबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै लामाले विशुद्ध राजनिति मात्र गरेर राजनिति गर्न नसकिने भन्दै त्यस्तो अवस्थामा त्यस्ता व्यक्तिले ठगी गर्नुको विकल्प नभएको बताए ।
उनले आफूलाई राजनीतिको अलावा अरु व्यवसाय गरेकोमा बेलाबेलामा विभिन्न टिप्पणी आउने गरेको भन्दै उनले भने, मेरो कुनै पनि स्वार्थ छैन । यो ठाउँमा समाजसेवा गर्नुपर्छ भन्ने मान्यताले मैले पनि राजनीति गरेको हो । कसैले पेसा गरेका, कसैले के गरेको या विविध कुराहरु आउँछन । तर पेसा गरेपछि कसैसँग पनि झुक्न पर्दैन । कसैसँग पनि माग्न पर्दैन । उनले भने ।
केही साताअघि कांग्रेस नुवाकोट सभापति जगदीशश्वर नरसिंह केसीले लामालाई इंगित गर्दै ठेकेदार ठेकेदार नै हो भनेर आरोप लगाएका थिए । लामाले केसीको भनाइलाई प्रतिवादमा गर्दे राजनीतिमात्रै ग¥यो खराब आचरण गर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया