नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडे
नुवाकोट । नुवाकोटमा कोरोना संक्रमित भेटिन छाडेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो दुई सातायता जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएपछि जिल्लामा कोरोना संक्रमित भेटिन छाडेका हुन् ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १६ जनामा झरेको छ ।
सक्रिय कोरोना संक्रमितमध्ये १३ जना होम आइसोलेसनमा र ३ जना अस्पतालमा उपचाररत रहेका छन् ।
नुवाकोटमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ५२ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । जिल्लामा हालसम्म ८ हजार २ सय ८५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
नुवाकोटमा हालसम्म २८ हजार ५ सय २ जनाको पिसिआर परिक्षण गरेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया